सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
RBK_Bhirahawa-IMG_9783_El0r1NiU9o

गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।

मङ्गलवार भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले अर्को पटक सीमा क्षेत्रमा तस्करी र राजस्व चुहावटमा भएका कमजोरी सुन्न नपर्ने गरी काम गर्न सुरक्षा निकायलाई कडा निर्देशन दिएका हुन्। लुम्बिनी प्रदेशमा राजश्व चुहावट धेरै नै हुने गरेको गुनासो आएकाले त्यसमा विशेष ध्यान दिन समेत उनले निर्देश गरे।

सङ्घीय लोकतान्त्रिक व्यवस्थाले शान्ति सुरक्षा, सुशासन र विकासको ग्यारेन्टी गरेको उनले बताए। उहाँले राज्यले शान्ति सुरक्षा दिन सके मात्रै नागरिकले निर्बाध रूपमा आफ्ना मौलिक हकको उपयोग गर्न सक्ने धारणा राखे।

उहाँले संविधानलाई असफल हुन दिने छुट नभएको भन्दै संविधानको सुरक्षा, संविधानले प्रदान गरेको नागरिकका हक अधिकार र संविधानको कार्यान्वयन सबैको जिम्मेवारी भएको बताए। लेखकले अहिले सरकार ढल्ने कुनै सम्भावना नरहेको उल्लेख गर्दै अहिलेको समीकरण ८४ सालसम्मै जाने जिकिर गरे

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >