बारा प्रहरीले १५ किलो गाँजासहित २ भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
image (1)

बारा प्रहरीले १५ किलो लागू औषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बारा मातहतका इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगञ्जमा हेटौंडाबाट पथलैया जाँदै गरेको BR 22J-5333 नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार कारको बिचको सिटमुनि फलामको फल्स बटम बनाइ लुकाइछिपाइ ल्याइएको १५ किलो गाँजा (सानो-ठूलो गरी ४ वटा पोका) बरामद गरिएको छ। उक्त घटनामा संलग्न रहेका दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाइएको छ।पक्राउ परेका व्यक्तिहरूको परिचय:चालक: भारत, बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, मोतिहारी थानाअन्तर्गत गोविन्दगञ्ज ग्राम पंचायत मुरा, वडा नं. १४, चनडीस्थान गाउँका २६ वर्षीय अखिलेश कुमार साह।सहयात्री: सोही स्थानका १९ वर्षीय राजकुमार पासवान।बरामद गरिएको गाँजासहित पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ। घटना सम्बन्धमा बारा प्रहरीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिएका छन्।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >