रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi_vknmLPEAlt_S6f5UCXNss

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।अभियोजन नगर्दासम्म लामिछानेलाई हिरासतमा राख्न म्याद लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको छ ।लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो।सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुँदा पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ ।प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >