चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
police2024-11-06-09-47-42

चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी कारबाहीमा परेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार एक इन्स्पेक्टर, एक वरिष्ठ सइ, १५ सइ, ३८ असइ, १६ वरिष्ठ हवल्दार, ९९ प्रहरी हवल्दार, १०७ सहायक हवल्दार, २२९ प्रहरी जवान र चारजना कार्यालय सहयोगीमाथि विभागीय कारबाही भएको छ । 

यो अवधिमा दुई डिआइजीसहित तीन हजार ९७ जना प्रहरी पुरस्कृत भएको प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए । ‘आन्तरिक सुदृढीकरणलाई संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन भइरहेको छ । प्रहरी कर्मचारीहरूविरुद्ध पर्ने उजुरीलाई कसुरको गम्भीरताको आधारमा विभागीय कारबाहीको दायरामा ल्याइएको छ,’ प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >