सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाए

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pokharel-1

काठमाडौं । पछिल्ला सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो । उहाँले आत्महत्याका दैनिक २० वटा घट्ना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको बताउनुभयो ।

नेपाल प्रहरीका प्रवक्ता अधिकारीले कर्तव्य ज्यानमा गत वर्षको यो अवधीमा १९३ मुद्दा दर्ता भएको मा यो वर्ष १९२ मुद्दा दर्ता भएको बताउनुभयो । त्यस्तै जबरजस्तिकरणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दाहरु दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दाहरु दर्ता भएका थिए ।

जबरजजिस्त करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दाहरु दर्ता भएकोमा यस वर्षको सोही अवधीमाबढेर १८६ वटा पुगेको छ । संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् । लागुऔषधसम्बन्धी मुद्दाहरु गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ ।

सामाजिक र आर्थिक अपराध कम गर्नको लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >