प्रहरीका भान्सेको हत्या प्रकरणमा अनुसन्धान विभागका इन्स्पेक्टरसहित तीन जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatya-4

बारामा प्रहरी कर्मचारी (भान्से) राजकुमार रुम्बाको हत्या प्रकरण अनुशन्धानका क्रममा राष्ट्रिय अनुशन्धान विभागका निर्देशक (इन्स्पेक्टर) श्रीकान्त तिवारीसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्य दुई जनाको पहिचान प्रहरीले खुलाएको छैन। उनीहरुका विषयमा अनुशन्धान जारी नै रहेको भन्दै प्रहरीले नाम खुलाउन चाहेको छैन। यद्यपी, दुवै जना इनर्वा सिमराकै रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना पक्राउ परेका तीनै जना बारा प्रहरीको हिरासतमा छन्।

प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि घटना अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको प्रहरीको दाबी छ। बाराका एसपी महेन्द्र खडकाले करिव एक सातामै हत्याका दोषी लगभग पहिचान गरिएको बताए।

व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण रुम्बाको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिका–११ मा सडकमा रोकिराखेको बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र उनको शव फेला परेको थियो।

उक्त कार राष्ट्रिय अनुशन्धान विभागका निर्देशक तिवारीको हो। इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए। भने तिवारी पनि विगत एक वर्षदेखि एयरपोर्टमै कार्यरत रहेको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >