वीरगन्जमा मालवाहक ट्रकबाट १६० केजी गाँजा बरामद,चालकसहित २ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaja-truck-

वीरगन्ज,१५पुसःवीरगन्जमा मालवाहक ट्रकबाट १ क्वीन्टल गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा र मानिससहित ट्रकपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षिय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षिय राृजाल विश्वकर्मा रहेका छन् ।

आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो ।

ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक र गाडीधनी भलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >