अमेरिकामा हिमपातका कारण जनजीवन अस्तव्यस्त, ७ राज्यमा आपत्‌काल घोषणा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
himpat-1736131709

ठूलो हिउँदे आँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकामा आएको हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएको बीबीसीले समाचार प्रकाशित गरेको छ । जसका कारण सरकारले आपत्‌काल घोषणा गरेको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, न्युजर्सी, मिसुरी, केनसास, अरकनसालगायत राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । ती राज्यका विमानस्थलहरूमा हिउँ जमेको छ । जसका कारण विमानस्थल बन्द गरिएको छ ।

साथै प्रशासनले सडक मार्गको प्रयोग नगर्न पनि चेतावनी दिएको छ । हजारौँ उडान रद्ध भएका छन् भने विद्यालयहरू बन्द गरिएको छ ।

उच्च मात्रामा हिमपात भएसँगै पछिल्लो एक दशकयताको रेकर्ड तोड्दै चिसो बढेको छ । केनसास र मिसुरी हालसम्म सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । केही स्थानमा १० इन्चसम्म हिउँ जमेको बताइएको छ । केनसासका एक अधिकारी ब्रायन प्लान्टलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिउँ परेको देखेको थिइनँ ।

त्यहाँको मौसम विभागले मुलुकको मध्य भागदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको स्थिति गम्भीर हुन सक्ने चेतावनी दिएको छ । मौसम विभागका वैज्ञानिकहरूका अनुसार खराब मौसमका कारण ध्रुवीय चीसो हावा आउने सम्भावना छ ।

वासिङ्टन डीसी तथा फिलाडेल्फियासमेत थुप्रै ठूला शहरहरूमा पनि हिमपात हुन सक्ने आशंका गरिएको छ । सोमबारदेखि भने मौसममा सुधार आउनसक्ने आशा गरिएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >