दुईपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि बीपी उद्यानको अतिक्रमण हटाउन वीरगञ्ज महानगरले चलायो डोजर

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
birjung-mahanagar-dojar-1736132337

वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यानको जग्गा अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । दुईपटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउन ताकेता गर्दा पनि अटेर गरेपछि आइतबारदेखि डोजर लगाएर स्थान खाली गराउन थालेको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसालले दुईपटकसम्म सार्वजनिक सूचना जारी गर्दा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको बताए । ‘हामीले आइतबारदेखि अतिक्रमणमा परेको बीपी उद्यान खाली गर्न थालेका छौँ,’ उनले भने, ‘यो अभियान सबै अतिक्रमणमा परेको ठाउँ खाली नगरेसम्म रोकिँदैन ।’

महानगरका अनुसार बीपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रूपमा सञ्चालनमा रहेका छन् । भुसालले महानगरले विकल्प दिएर उद्यान खाली गर्न लागेको बताए । ‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर रहेका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’

बीपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाही महानगरले आफूहरूको बिचल्ली बनाएको बताउँछन् । ‘यहीबाट परिवारको गर्जो टार्दै आइरहेका थियौँ । हटाएपछि अब कहाँ के गर्ने भन्ने अन्यौल छ,’ उनी भन्छन् । महानगरले आफूलाई मात्रै नभएर अन्यलाई पनि हटाउनुपर्ने उनको माग छ । ‘डोजर लगाएर हामीलाई त हटाएका छन् । अन्य कपडा पसल, तरकारी तथा फलफूल बिक्री वितरण गर्नेलाई नहटाउने हुन् कि भन्ने आशङ्का उब्जिएको छ,’ उनी भन्छन् ।

महानगरले यसअघि गत मङ्सिर २६ मा १५ दिने सार्वजनिक सूचना जारी गरेर बीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउन निर्देशन दिएको थियो । सो म्याद पनि यही पुस १० मा सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रोपटक पुस १२ मा सात दिने म्याद राखेर  सार्वजनिक सूचना जारी गरेको थियो ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >