रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1734445508435

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन्।

जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ। यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।

सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पिडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलाशमा छलफल भएको अधिबक्ता न्यौपानेले बताए।

अहिले रबि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून ब्यबसायीहरुले बताउदै आएका छन्। सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलिरहदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >