बाराबाट निर्वाचित भएका केन्द्र, प्रदेश र जिल्लाका पत्रकारलाई राष्ट्रीय दलित पत्रकार संघले गरे सम्मान

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250108-214209_Facebook

राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाले नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश तथा जिल्ला कार्य कार्यसमितिमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । बाराको कलैया स्थित नेपाल लेखापढी तथा कानुन व्यबसायीको भवनको सभा हलमा एक कार्यक्रमको आयोजना गरि बुधबार सम्मान गरेको हो । राष्ट्रीय दलित पत्रकार संघ बाराका अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी दलित पत्रकार केन्द्रिय उपाध्यक्ष भोला पासवान त्यस्तै बिशिस्ट अतिथीहरुमा दलित पत्रकार केन्द्रिय सचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ मधेस प्रदेशको कोषाध्यक्ष अनिल कुमार गौरव, बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष प्रियंका दास, सचिव पुष्पराज खतिवडा, सह सचीव ईन्दिप कोईराला लगायत कार्य समिती सदस्यहरू त्यस्तै प्रेस जनमतका जिल्ला अध्यक्ष अमरेश कुमार पाण्डे, प्रेस युनियन बाराका सचिव रमेश कुसवाहा लगायतको पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त सम्मान कार्यक्रममा आफ्नो मन्तव्य ब्यक्त गर्ने क्रममा केन्द्रिय सदस्य समेत रहनु भएको सिकेन्द्र पासवानले समाचार लेख्ने क्रममा वा समाचार लेखेकै भरमा कसैले धाक धम्की दिए पत्रकार महासंघ कानुनी दायरामा ल्याई कसैलाई न छोड्ने प्रतिबद्धता दिनु भयो । त्यस्तै स्वतन्त्र र निष्पक्ष समाचार लेख्न तथा पत्रकारिता गर्न पछाडि न हट्नको लागि सम्पुर्ण पत्रकारलाई सुझाव समेत दिनु भयो । नव निर्वाचित जिल्ला सदस्य तथा दलित प्रत्रकारका मधेस प्रदेश पार्षद सर्मा बैठाले कार्यक्रम संचालन गरेको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >