१७ वर्षीया किशोरीको गाईगोठमा झुण्डिएर मृत्यु: विवाहको तयारी भइरहेका बेला रहस्यमय घटना

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250210-WA0010

बारा जिल्लाको बिश्नामपुर गाउँपालिका वडा नं. १, कल्याणपुरमा १७ वर्षीया रुपा कुमारी चौधरी गाईगोठमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्। यो घटना सोमबार दिउँसो करिब ३:३० बजे भएको हो। मृतकका बुबा सन्तोष चौधरीका अनुसार उनी र उनकी श्रीमती छोरीको विवाहको तयारीका लागि पाहुनाहरूलाई स्वागत गर्न वीरगञ्ज बजार गएका थिए। भोलि केटापक्ष आउने तयारी भइरहेको समयमा यो घटना भएको हो। छोरी कुनै मानसिक तनावमा नरहेको र सबै कुरा सामान्य रहेको परिवारले बताएको छ। स्थानीयबासीले गोठमा किशोरीको झुण्डिएको खबर पाएपछि प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय छतवा र प्रसौनीको टोलीले घटनास्थलमा पुगेर मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैया पठाएको छ। प्रहरीका अनुसार घटना आत्महत्या भएको देखिए पनि यसका पछाडि अन्य कुनै कारण हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा परिवार र छिमेकीसँग सोधपुछ भइरहेको छ। पोष्टमार्टम रिपोर्टले मृत्युको वास्तविक कारण पत्ता लगाउने बताइएको छ। गाउँलेहरूले यस घटनालाई रहस्यमय बताउँदै गहिरो अनुसन्धानको माग गरेका छन्। छोरीको बिहे हुनुअघि यस्तो घटना हुनुले परिवार र गाउँमा शोकको वातावरण सिर्जना भएको छ। यस घटनाले समाजमा किशोरीहरूमा देखिने मानसिक दबाब, पारिवारिक जिम्मेवारी र सामाजिक व्यवस्थाबारे थप बहसको आवश्यकता औंल्याएको छ। घटनाको सत्य तथ्य छिट्टै सार्वजनिक गर्न स्थानीयले प्रहरीसँग आग्रह गरेका छन्। (ताजा जानकारीका लागि प्रतीक्षा गर्नुहोस्।)

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >