बाराको चिल्झप्टीमा प्रिमियम लिग २०८१ उद्घाटन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20250222_221614

बारा, बाराको चिल्झप्तीमा प्रिमियम लिग २०८१ नेपाली क्रिकेटका लागि ऐतिहासिक बन्यो। खेलमा बारा टाइटल टिमले इटियहि क्लबलाई पराजित गर्दै २७५ रनको शानदार जित हात पार्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो।

प्रतियोगिताको उद्घाटन पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा क्षेत्र नं. ४ (ख) का विधायक जितेन्द्र सोनलले गरे। उनले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

खेल मैदान निर्माणका लागि २० लाखको बजेट
विशिष्ट अतिथि विश्रामपुर गाउँपालिकाका मेयर जुलुफकार आली भुटो (जुबेर भाई) ले फेटा र विश्रामपुर गाउँपालिकाले १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरी खेल मैदान निर्माण सुरु गरिएको जानकारी दिए। स्थानीय सरकारको यस्तो लगानीले खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण तथा खेल अवसर प्राप्त हुने अपेक्ष गरिएको छ

खेलमा बारा टाइटल टिमले उत्कृष्ट ब्याटिङ गर्दै २७५ रनको विशाल स्कोर खडा गर्‍यो। इटियहि क्लबले उत्कृष्ट प्रयास गरे पनि बारा टाइटलको बलियो बलिङ आक्रमण सामना गर्न सकेन।
प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता

कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी, युवा नेता सुमित यादव, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, समाजसेवी, प्रहरी अधिकारीहरू तथा हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति थियो।

चिल्झप्ती प्रिमियम लिग २०८१ का अध्यक्ष सुजीत कुमार बैठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख सहयोगी भोला बैठले प्रमुख अतिथिलाई सम्मान गरे भने कार्यक्रम सञ्चालन दीनानाथ बैठाले गरे।
स्थानीय खेलाडीका लागि सुनौलो अवसर
यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने सम्भावना उजागर गरेको छ। आयोजकहरूले भविष्यमा प्रतियोगितालाई अझ भव्य बनाउने लक्ष्य राखेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >