मन्त्री भण्डारीले भने-‘देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन’

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
SArat-singh-bhandari-1

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन्।

मंगलवार काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन्। उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सूक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए। मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ।

उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू जस्तै फर्किनेहरू समेत रहेको बताए। उनले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरू उतै पलायन हुने अवस्था नरहेको समेत बताए।

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भए पनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ। उनले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताए। वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए। 

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >