झापाबाट झण्डै एक करोड बराबरको लत्ताकपडा र मोटर पार्ट्स बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1742907246_baramad-1200x560

सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलमा रहेका २ वटा घरमा छापा मारेर उक्त सामान बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । बरामद सामान करिब एक करोड मूल्य बरबरको भएको अनुमान भएपनि यकिन भने हुन नसकेको न्यौपानेले बताए ।

प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलीले मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको हो । विशेष सूचनाका आधारमा डिएसपीको कमाण्डमा मंगलबार दिउँसो प्रहरीले छापा मारेको थियो ।

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी लैजाने प्रक्रियामा रहेको छ ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >