पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा राजनीतिक दलहरूमा विवाद छैन : प्रचण्ड

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
prachanda_43LUYAjA3V

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गर्नुभएको छ ।

‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको आज काठमाण्डाैमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा पीडितहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको छ । शान्ति प्रक्रिया टुङ्ग्याउँदै गर्दा मुख्यतः पीडितहरूलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । अहिले पनि हामी राजनीतिक दलहरूको बीचमा विवाद छ । हामी प्रमुख दलहरू नै कोही सत्तापक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । यी तमाम विवाद र विमतिको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा हामीबीच कहिल्यै विवाद भएन ।’

प्रचण्डले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको उल्लेख गर्नुभयाे ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >