बारा जिल्लाका सबै सीमा नाकाहरूको अनुगमन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1743150067787

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले बारा जिल्लाका सबै सीमा नाकाहरूको अनुगमन थालेको छ। सिम्रौनगढ कचोर्वाबाट सुरु गरिएको यो अनुगमन अभियान हरेक नाकामा गरिने प्रजिअ अधिकारीले बताएका छन्।

सामान्य जनताका लागि किनमेल तथा आवागमनमा कुनै अवरोध नहुने भए पनि तस्करी नियन्त्रणमा कुनै सम्झौता नहुने अधिकारीले स्पष्ट पारे।

यसअघि बिहीबार, तस्करी भइरहेको सूचनाका आधारमा प्रजिअ अधिकारी मटिअर्वा नाका पुगेका थिए। अनुगमनका क्रममा सो नाकाबाट अवैध रूपमा सामान तस्करी भइरहेको खुलेको थियो। उक्त समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना जवान ड्युटीमा खटिएका थिए। तर, उनीहरूले तस्करी नियन्त्रण नगरेको भन्दै प्रजिअ अधिकारीले तुरुन्तै निलम्बनको आदेश दिएका थिए।

प्रजिअ बसन्त अधिकारीले जिल्लाभर तस्करी नियन्त्रण, शान्ति सुरक्षा र सीमा नाकामा गैरकानुनी गतिविधि रोकथामलाई प्राथमिकता दिने बताएका छन्। साथै, उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगरिने चेतावनी समेत दिएका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >