बारा जिल्लाका सबै सीमा नाकाहरूको अनुगमन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1743150067787

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले बारा जिल्लाका सबै सीमा नाकाहरूको अनुगमन थालेको छ। सिम्रौनगढ कचोर्वाबाट सुरु गरिएको यो अनुगमन अभियान हरेक नाकामा गरिने प्रजिअ अधिकारीले बताएका छन्।

सामान्य जनताका लागि किनमेल तथा आवागमनमा कुनै अवरोध नहुने भए पनि तस्करी नियन्त्रणमा कुनै सम्झौता नहुने अधिकारीले स्पष्ट पारे।

यसअघि बिहीबार, तस्करी भइरहेको सूचनाका आधारमा प्रजिअ अधिकारी मटिअर्वा नाका पुगेका थिए। अनुगमनका क्रममा सो नाकाबाट अवैध रूपमा सामान तस्करी भइरहेको खुलेको थियो। उक्त समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना जवान ड्युटीमा खटिएका थिए। तर, उनीहरूले तस्करी नियन्त्रण नगरेको भन्दै प्रजिअ अधिकारीले तुरुन्तै निलम्बनको आदेश दिएका थिए।

प्रजिअ बसन्त अधिकारीले जिल्लाभर तस्करी नियन्त्रण, शान्ति सुरक्षा र सीमा नाकामा गैरकानुनी गतिविधि रोकथामलाई प्राथमिकता दिने बताएका छन्। साथै, उनले कानून कार्यान्वयनमा कुनै सम्झौता नगरिने चेतावनी समेत दिएका छन्।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >