११ बजे बैठक बोलाएका सभामुख अझै छलफलमा, बैठक अनिश्चत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-03-28-11-52-55-127-edit_com.facebook.katana

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।छलफलमा सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही सहभागी छन्।विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिनुपर्ने माग राख्दै सदन अवरूद्ध गर्दै आइरहेका छन्।प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा त्यस विषयमा संसदमा जबाफ दिनु नपर्ने बताउँदै आइरहेका छन्। प्रधानमन्त्रीले जबाफ नदिने र प्रतिपक्षले विरोध स्थगित नगर्ने अडान लिएपछि यसअघिका दुई पटक संसद बैठक स्थगित भइसकेको छ।निकास निकालेर बैठक सहज ढंगबाट अगाडि बढाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। आजको बैठक ११ बजे तय थियो। अहिलेसम्म बैठक शुरु हुन सकेको छैन ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >