११ बजे बैठक बोलाएका सभामुख अझै छलफलमा, बैठक अनिश्चत

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-03-28-11-52-55-127-edit_com.facebook.katana

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।छलफलमा सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही सहभागी छन्।विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिनुपर्ने माग राख्दै सदन अवरूद्ध गर्दै आइरहेका छन्।प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा त्यस विषयमा संसदमा जबाफ दिनु नपर्ने बताउँदै आइरहेका छन्। प्रधानमन्त्रीले जबाफ नदिने र प्रतिपक्षले विरोध स्थगित नगर्ने अडान लिएपछि यसअघिका दुई पटक संसद बैठक स्थगित भइसकेको छ।निकास निकालेर बैठक सहज ढंगबाट अगाडि बढाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। आजको बैठक ११ बजे तय थियो। अहिलेसम्म बैठक शुरु हुन सकेको छैन ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >