गणतन्त्रको पक्षमा काठमाडौँमा आज चार दलिय समाजवादी मोर्चाले विशाल जनसभा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1743142260858

गणतन्त्रको पक्षमा काठमाडौँमा आज चार दलिय समाजवादी मोर्चाले विशाल जनसभा गदैछ । जसको लागि काठमाडौँको प्रदर्शनी मार्ग स्थित मुख्य सडकमा मञ्च निर्माण गरिएको छ । मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरेको हो । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।जनसभालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका प्रमुख नेताहरू क्रमशः पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्र राय यादलेले सम्बोधन गर्ने समाजवादी मोर्चाले जानकारी दिएको छ ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >