मधेस प्रदेशका प्रादेशिक अस्पतालहरूमा चिकित्सकको तलब नपाउँदा आज र भोली बन्द

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_102217

वीरगञ्ज । मधेस प्रदेशमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीको बाँकी तलब भुक्तानी गर्न अल्टिमेटम दिएको थियो। तर, सरकारको बेवास्ताका कारण बिहीबार र शुक्रबार (चैत्र २१ र २२ गते) प्रादेशिक अस्पताललगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने संघका अध्यक्ष डा. निरज कुमार सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।मधेस प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। प्रादेशिक अस्पताल मलंगवा, सर्लाही: ४ महिनादेखि तलब रोकिएको छ।प्रादेशिक अस्पताल कलैया, बारा: ४ महिनादेखि तलब नपाएको। बालरोग विशेषज्ञ डा. रमेश खतिवडा, नेत्ररोग विशेषज्ञ डा. ऋचा मण्डलसहित ८ चिकित्सक प्रभावित। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा: २ महिनादेखि तलब नपाएको। १८ चिकित्सक र १७ स्वास्थ्यकर्मी प्रभावित। रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान: ४ महिनादेखि तलब रोकिएको। ६ चिकित्सक र ६ स्वास्थ्यकर्मी समस्यामा। प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरी: ४ महिनादेखि तलब नपाएको। १४ चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित। लालबन्दी अस्पताल, सर्लाही: ४ महिनादेखि तलब रोकिएको। ७ चिकित्सक समस्यामा। अन्य पीएचसीहरू: कोहली पीएचसी बारा, पीएचसी महेन्द्रनगर धनुषा, गंगा पिपरा पीएचसी रौतहट, बरहथवा पीएचसी सर्लाहीमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको तलब रोकिएको छ।संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष डा. सिंहले “बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको” बताउँदै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।स्वास्थ्य सेवा बन्द भएसँगै मधेस प्रदेशका बिरामीहरूले आकस्मिक सेवा बाहेक अन्य स्वास्थ्य सेवा नपाउने स्थिति सिर्जना भएको छ। सर्वसाधारणले यस समस्याको तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >