रास्वपाका पूर्वजिल्ला सभापति नै भाटभटेनी लुटपाटमा संलग्न रहेको खुलासा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250403_102843

तीनकुने घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक पूर्वजिल्ला सभापति पक्राउ परेका छन् ।गत चैत १५ गते तीनकुने र कोटेश्वरमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा भाटभटेनी सुपरस्टोर्समा लुटपाट गरेको आरोपमा रास्वपा खोटाङका पूर्व सभापति राजकुमार राई पक्राउ परेका हुन् ।सो हिंसात्मक प्रदर्शनमा लुटपाट, आगजनी र तोडफोड गरेको भन्दै अहिलेसम्म ६६ जना पक्राउ परिरसकेका छन् । जसमध्ये एकजना रास्वपाका नेता रहेको खुलेको हो ।६३ वर्षीय राईविरुद्ध अपराधिक गतिविधि, ज्यान मुद्दा र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।पक्राउ परेका राई अमेरिकाबाट पीएचडी गरे हुन् भने सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका छन् । तर उनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा समेत राईको ठेगाना खोटाङको राउवाबेसी गाउँपालिका वडा नम्बर १ रहेको छ । उनीसहित पक्राउ परेका ६६ जनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

लोकप्रिय

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >