रौतहटमा ४५ वर्षीया महिलाको हत्याः जंगलमा खाल्टोबाट उत्खनन गरियो शव,

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250404_112745

रौतहटमा ७ दिनदेखि वेपत्ता रहेकी ४५ वर्षीया महिलाको हत्या भएको खुलासा भएको छ। हत्यामा संलग्न रहेको आशंकामा दुई जना पक्राउ परेका छन्।वृन्दावन नगरपालिका–१, बलेरी खोरका रुपन राउत पटेलकी श्रीमती ४५ वर्षीया फूलमतिया देवीको हत्या भएको हो। बिश्रामपुरस्थित जंगलमा खाल्टो खनेर गाडेको अवस्थामा बिहीबार उनको शव फेला परेको छ।इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार फुलमतिया गत १४ चैतको साँझदेखि बेपत्ता भएकी थिइन्। घरबाट डेढ किलोमिटर पूर्व (जंगल छेउमा) रहेको गोठबाट घर फर्किने क्रममा उनी हराएकी थिईन।परिवारले खोजतलासका लागि प्रहरी कार्यालमया निवेदन दिएका थिए। खोजी गर्ने क्रममा भोलिपल्ट घर नजिकै सय मिटर पूर्व मकैबारीमा चप्पल र साडी फेला परेको थियो। त्यसको सातौं दिन शव फेला परेको डीएसपी कार्कीले वताए।उनका अनुसार बलेरी खोरस्थित रामलाल साझेदारी वनमा खाल्डो खनेर गाडेको अवस्थामा शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृन्दावन–१ का जितेन्द्र पटेल र सुशील विश्वकर्मालाई पक्राउ गरेको छ। दुवैसँग सोधपुछ भईरहेको जनाईएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >