बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित थिङ्ग प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250406_123702

कलैया । बारा प्रहरीले लागु औषध चरेस जस्तो पदार्थ सहित शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ०६ ब्रर्जबारे बस्ने ३८ वर्षीय दशरथ थिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका हुन्।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ स्थितमा १५० सि.सि. को पल्सर मोटरसाईकलमा लागू औषध चरेस बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले थिङ्गलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकलाई फ्लोअप गर्दै नियन्त्रणमा लिई जाँच गर्दा सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध चरेस जस्तो देखिने पदार्थको पोका फेला परेको हो।

उक्त लागु औषध चरेस जस्तो देखिने पदार्थ डिजिटल तराजुमा प्लाष्टिक सहित तौल गर्दा ११.६८ किलो ग्राम रहेको छ।

लागु औषध चरेस जस्तो देखिने पदार्थ,मोटरसाईकल र थिङ्गलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाएको प्रनाउ पण्डितले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >