सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250407_151750

वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार गंग बहादुर विकको नेतृत्वमा खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले भारततर्फ जाँदै गरेका सवारी साधन र व्यक्तिहरूको निगरानी गर्ने क्रममा उनीहरूलाई सुन र चाँदीसहित नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरुमा भारत पश्चिम बङ्गाल प्रान्त, पश्चिम मेदिनीपुर जिल्लास्थित किशोरनगर निवासी करिब ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ़ निवासी करिब २५ वर्षीय अमित दास रहेका छन् उनीहरू काठमाडौंस्थित विभिन्न सुन पसलहरूसँग मिलेर ग्राहकको अर्डरमा बनेको सुन गहना लिएर भागेको सूचनाका आधारमा निगरानी गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।बरामद सुनका झुम्का: २ सेट (करीब ८२ लाल) सुनको रिङ्ग: १ सेट (करीब ३० लाल) सिक्री लकेट: १ थान (करीब ३० लाल) सुनको गणेश–लक्ष्मी मूर्ती लकेट: १ थान (करीब ४ लाल) सुनका टुक्रा: करीब १ तोला चाँदीको लक्ष्मी मूर्ती: करीब २ तोला रहेका छन्।जम्मा गरगहना र सुनको परिमाण अन्दाजी २ तोला ६६ लाल बराबर रहेको डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए।पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी चौकी इनरुवामा बुझाइएको छ। सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रमा हुने अवैध कारोबार रोकथाममा निगरानी कडा बनाएको जनाएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >