आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250408_172602

काठमाडौं, २६ चैत्र । आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको भन्दै अब यो आन्दोलनले दलाल र भ्रष्ट नेताहरुलाई बढार्ने निश्चित् रहेको पनि उनको दाबी छ ।स्थायी कमिटी बैठकले चैत्र २४ गते सम्पन्न खबरदारी र्याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रुपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा दलतन्त्रको लुट एवम् भ्रष्टाचारविरुद्ध सिंहदरबार घेराउ गर्नेलगायतका महत्वपूर्ण निर्णय लिईएको पनि अध्यक्ष साहले जानकारी गराएका छन् ।

ताजा खबर

लोकप्रिय

कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज,२६ मंसीर | कोहिनुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १५औं

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगञ्ज–२४ मंसिर २०८२ नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल

पुरा पढ्नुहोस >

‘चाकडी होइन, इमानदारीको बाटो’: एसपी रविन कार्की: ‘शान्ति–सुरक्षा र तस्करी नियन्त्रणमा कुनै सम्झौता हुँदैन

’धिरज यादवरौतहट, मंसिर १८।नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले कर्तव्य निर्वाहमा कुनै हालतमा विचलित नहुने दृढ अडान व्यक्त गरेका छन्। उनले सोसल मिडियामा लोकप्रियता

पुरा पढ्नुहोस >