आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने आजपाको निर्णय

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250408_172602

काठमाडौं, २६ चैत्र । आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेको भन्दै अब यो आन्दोलनले दलाल र भ्रष्ट नेताहरुलाई बढार्ने निश्चित् रहेको पनि उनको दाबी छ ।स्थायी कमिटी बैठकले चैत्र २४ गते सम्पन्न खबरदारी र्याली तथा तेस्रो जनआन्दोलन कार्यक्रममा भौतिक, आर्थिक र नैतिक रुपमा योगदान गर्ने सबैप्रति विशेष धन्यवाद व्यक्त गरेको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा दलतन्त्रको लुट एवम् भ्रष्टाचारविरुद्ध सिंहदरबार घेराउ गर्नेलगायतका महत्वपूर्ण निर्णय लिईएको पनि अध्यक्ष साहले जानकारी गराएका छन् ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >