३२ किलो गाँजासहित एक जना पुरुष नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250408_223817537

बारा, चैत्र २४ – बाराको पथलैया चोकमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०७८ चैत्र २४ गते बिहान करिब ७:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको टोलीले ना १ ह ८९६१ नम्बरको अटो चेकजाँच गर्दा अटोभित्र लुकाइछिपाई राखिएको करिब ३२ किलोग्राम गाँजा फेला पारेको हो। सो अटो हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको थियो।

प्रहरीले गाँजासहित अटो र चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्ति मकवानपुर जिल्लाको हेटौंडा उप-महानगरपालिका वडा नम्बर १४ निवासी सानो कान्छा मोक्तानका छोरा, करिब ४२ वर्षीय सोमबहादुर मोक्तान रहेका छन्।

प्रहरीले लागू औषधको कारोवारविरुद्ध कडाइका साथ निगरानी तथा कारबाही बढाएको प्र.ना.उ. पण्डितले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >