बारा प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ ग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250408_215806224

कलैया २६ चैत। बारा प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सोमबार ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उक्त लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको मनोहरी नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय रबी थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको ना ३६ प २१७७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा भाग्ने क्रममा गणेश मन्दिर नजिकबाट पक्राउ गरेको छ ।मोटरसाइकल चालक थिङले बोकेको कालो झोलामा लुकाई छिपाई लगि रहेको ६ किलो र तेल ट्याङकी भित्र ४ किलो ७०० ग्राम लागू औषध गाँजा वरामद गरिएको छ।उक्त लागु औषध,थिङ र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >