बाराको १२ गण सशस्त्र प्रहरी बाराद्वारा ७ लाख बराबरको अबैध सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250408_171220

बारा, चैत २६ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण मुख्यालय बाराबाट खटिएको टोलीले भारतबाट अबैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको अनुमानित ७ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।मिति २०८१ साल चैत २६ गते राति करिब १२:३० बजे बाराको सुवर्ण गाउँपालिका–०३ लंगडा टोल तथा कलैया उपमहानगरपालिका–०९ बघवन इलाकाबाट सशस्त्र प्रहरी बाराका गणपति एसपी खुम बहादुर के.सी.को नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।बरामद गरिएका सामग्रीहरूमा ६५ कार्टुन विभिन्न प्रकारका भारतीय कम्पनीका Lakme Moisturizer क्रिम, ११ जार (१६५ लिटर) खाने तेल तथा १ वटा भारतीय मोटरसाइकल रहेका छन्।सामानहरू आवश्यक कानुनी कारबाहीको लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक के.सी.ले जानकारी दिनुभयो।

ताजा खबर

लोकप्रिय

विश्रामपुर बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरीमाथि आर्थिक लेनदेन र तस्करीमा संलग्न रहेको आरोप, निष्पक्ष छानबिनको माग

बारा, असार ५। बाराको विश्रामपुर गाउँपालिका क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको बीओपी बरैनियामा कार्यरत सशस्त्र प्रहरी निरिक्षक सन्तोष चौलागाईंको कमाण्डमा खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक

पुरा पढ्नुहोस >

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >