अफिमको ठुलो परिमाणसहित एक युवा पक्राउ, मोटरसाइकलको सिटमुनी लुकाइएको २.९९ किलो लागू औषध बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250409_115222787

बारा – बाराको अमलेखगञ्जमा प्रहरीले विशेष सूचनाको आधारमा ठूलो मात्रामा लागू औषध अफिम जस्तो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान ७:४० बजे बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित प्रहरी कार्यालय अगाडिको चेकप्वाइन्टमा गरिएको नियमित चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइछिपाइ तस्करी गरिँदै गरेको २ किलो ९९ ग्राम लागू औषध बरामद गरेको हो।हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–००९ प ३८७८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा सिटमुनी लुकाएर राखिएको अवस्थामा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।घटनासँगै प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–६, गम्हरिया निवासी ३२ वर्षीय सरोज प्रसाद साह रहेको खुलेको छ।अहिले उनलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >