आज हनुमान जन्मजयन्ती मनाइँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250412-WA0002

वीरगञ्ज । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्ती आज वीरगञ्जमा विविध धार्मिक कार्यक्रमका साथ धुमधामका साथ मनाइँदैछ।हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना गरिएको छ।वीरगञ्जस्थित महावीर स्थान हनुमान मन्दिर, घडिअर्वा, नगवा पोखरी, र रानीघाट हनुमान मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। भक्तजनहरूले हनुमानको दर्शन गरी बल, बुद्धि, विद्या र संकटमोचनको कामनासहित पूजा गरेका छन्।आजको दिन वीरगञ्जका विभिन्न स्थानबाट शोभायात्रा निकालिने जनाइएको छ। धार्मिक र सांस्कृतिक महत्वका साथै सामाजिक एकताको सन्देश दिन उद्देश्यले हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र लगायतका संस्थाहरूले शोभायात्रा, भजनकीर्तन र प्रसाद वितरणजस्ता कार्यक्रमहरू गर्दै आएका छन्।यस वर्ष हनुमान जयन्ती शनिबार परेकाले अझ विशेष मानिएको छ। धार्मिक विश्वास अनुसार मंगलबार र शनिबार हनुमानको विशेष आराधना गरिने परम्परा छ। भक्तजनहरूले हनुमान चालिसा पाठ गर्दै मनोकांक्षा पूर्तिको कामना गरेका छन्।संस्कृत व्याकरण अनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर बनेको ‘हनुमान’ शब्दको अर्थ चिउँडो भएको मानिन्छ। हनुमानलाई संकटमोचन, मंगलमूरत, तथा अद्वितीय भक्तको रुपमा पुजिन्छ। बालबालिका देखि वृद्धसम्म सबैको श्रद्धाका पात्र हनुमानलाई भय नाशकका रूपमा आराधना गरिन्छ।वीरगञ्जमा आजको दिन धार्मिक उत्सव मात्र नभई सामाजिक मेलमिलाप र एकता प्रवर्द्धन गर्ने पर्वका रूपमा पनि हनुमान जयन्ती मनाइएको देखिन्छ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >