ठेकेदार संसद भएपछि आफनै गाउँमा गुणस्तरहिन काम

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250413_132046602

रौतहट । पैसाको बलमा जे पनि सम्भब छ भन्ने मनोबैज्ञानिक बोकेका र करोडौं खर्चेर प्रदेश संसद भएका रौतहट निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्य नागेन्द्र साहले आफ्नै जन्मगाउँ दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ बडहर्वा बाग्मती पुर्व पारी बाधमा एउटै सडकमा दुई शिर्षक बनाएर ४५ र ४५ लाख गरि ९० लाखको देखिने बिकास निर्माण गर्नुपर्ने ठाउँमा माटो ग्रेभल गराएर बजेटको चरम दुरुपयोग गरिसक्दा समेत कसैको ध्यानाकर्षण हुन नसकेको स्थानीय जयराम साहले सम्पत्ति न्युज लाई बताए ।

ठेक्काको काम लिदै गुणस्तरहीन काम गराउदै बढी कमाएको मुनाफाले चुनावी परिणाम आफनो पक्षमा पारेका साहले आजभोलि पदको दुरुपयोग गर्दै धमाधम रकम मात्रै जम्मा गर्ने ।मनसायले अगाडी बढे संगै सर्वसाधारणमा आक्रोश बढेको हो।प्राप्त जानकारी अनुसार प्रदेश सरकारको बजेट आफ्नै भतिजोलाई जिम्मा दिए संगै बजेटमा उनले ब्रहम लुट मच्चाएको स्थानीयको आरोप छ ।

कतिपय काम प्रक्रिया पुर्याएर मात्रै गर्नुपर्ने भएपनि उनको हकमा प्रक्रियाले छुन सकेको देखिदैन । उनले गरेका काममा निर्माण कार्य नदि नियन्त्रण कार्यालय बाट सहमति लिएर मात्रै गर्नुपर्ने थियो त्यसो गरेनन् शक्तिको रवाफले सत्ता र पदको दुरुपयोग गर्दै ग्रेभल गर्नुपर्ने ठाउमा माटो र बालुवाले पुरेर बाटो नै बिगार्ने गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय निकायको वडा अध्यक्ष समेत नातामा भाइ पर्ने धर्मनाथ चौधरी रहेकोले प्रदेश सभा सदस्य र वडा अध्यक्षले पदको चरम दुरुपयोग गरिरहेको देखिएको छ।

ठेकेदार संसद साहको शाह निर्माण सेवाले धेरै स्थानमा काम गरेपनि सबै काममा आखामा छारो हाल्ने बाहेकका कुनै काम गुणस्तरयुक्त गर्न सकेका छैनन्।साह कम्पनीका प्रोप्राइटर समेत रहेका प्रदेश संसद साह लाई अख्तियारले नियन्त्रणना लिनुपर्ने आवाज बाक्लो बन्दै गएको छ। समाचार सुत्रका अनुसार हाल शाह निर्माण सेवाले रौतहटको विभिन्न स्थानमा लिएको ठेक्का पट्टाहरु अलपत्र पारेको अवस्था रहेको जो कोहीले सजिलोसँग बुझ्न सक्छ तर लिच्चड स्वभावका धनी साह जुनसुकै बेला राज्यको नियन्त्रणमा पर्न सक्ने भएपनि अहिलेसम्म जोगिएका छ्न्। चन्दन साह ,रोशन साह दुई छोरा सहितको साह निर्माण सेवाले ठेक्का लिएका काम जस्तोसुकै गरेपनी भुक्तानी हुने भएपछि जे हुन्छ रौतहट कै ठेकेदार संसद साह लाई छुट हुदोरहेछ भन्ने प्रतिक्रिया सहित नागरिक आक्रोशित बन्दै गएका छ्न्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >