रौतहटमा पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250413_110906

रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्। गएराति साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट लक्ष्मीपुरबाट गएको गस्ती टोलीले भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको थियो।उनको साथबाट अटोमेटिक पेस्तोल १ थान (गोली म्याग्जिन) नभएको, प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान , नाईट्रोभेट ५ ट्याब्लेट, मोबाइल १ थान, हातको बाला २ थान,बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।बरामद पेस्तोल र अन्य सामान सहित पक्राउ परेका किशन कुमारलाई आवश्यक कारबाहीको लागि गएराति १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटले जनाएको छ। भारतीय नागरिकले उक्त पेस्तोलको गोलीसहित म्याग्जिन राति अँध्यारोमा कतै फालेको हुनसक्ने अनुमान गरिएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >