“६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित १ जना पुरूष व्यक्ति प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1744531006090

बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्।प्रहरीले हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको lइलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर सिमरा-२१ छठिमाई घाटस्थित हेटौंडाबाट-वीरगन्जतर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको दुई वटा मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।चेकजाँचका क्रममा अन्य तीन जना व्यक्ति मोटरसाइकल छोडेर फरार भएको एसपी तामाङले बताए।थिङलाई नियन्त्रणमा लिँदा दुबै मोटरसाइकलबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेका थिङ माथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।फरार भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >