ठेकेदार संसद भएपछि आफनै गाउँमा गुणस्तरहिन काम

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250413_132046602

रौतहट । पैसाको बलमा जे पनि सम्भब छ भन्ने मनोबैज्ञानिक बोकेका र करोडौं खर्चेर प्रदेश संसद भएका रौतहट निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा सदस्य नागेन्द्र साहले आफ्नै जन्मगाउँ दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ बडहर्वा बाग्मती पुर्व पारी बाधमा एउटै सडकमा दुई शिर्षक बनाएर ४५ र ४५ लाख गरि ९० लाखको देखिने बिकास निर्माण गर्नुपर्ने ठाउँमा माटो ग्रेभल गराएर बजेटको चरम दुरुपयोग गरिसक्दा समेत कसैको ध्यानाकर्षण हुन नसकेको स्थानीय जयराम साहले सम्पत्ति न्युज लाई बताए ।

ठेक्काको काम लिदै गुणस्तरहीन काम गराउदै बढी कमाएको मुनाफाले चुनावी परिणाम आफनो पक्षमा पारेका साहले आजभोलि पदको दुरुपयोग गर्दै धमाधम रकम मात्रै जम्मा गर्ने ।मनसायले अगाडी बढे संगै सर्वसाधारणमा आक्रोश बढेको हो।प्राप्त जानकारी अनुसार प्रदेश सरकारको बजेट आफ्नै भतिजोलाई जिम्मा दिए संगै बजेटमा उनले ब्रहम लुट मच्चाएको स्थानीयको आरोप छ ।

कतिपय काम प्रक्रिया पुर्याएर मात्रै गर्नुपर्ने भएपनि उनको हकमा प्रक्रियाले छुन सकेको देखिदैन । उनले गरेका काममा निर्माण कार्य नदि नियन्त्रण कार्यालय बाट सहमति लिएर मात्रै गर्नुपर्ने थियो त्यसो गरेनन् शक्तिको रवाफले सत्ता र पदको दुरुपयोग गर्दै ग्रेभल गर्नुपर्ने ठाउमा माटो र बालुवाले पुरेर बाटो नै बिगार्ने गरेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय निकायको वडा अध्यक्ष समेत नातामा भाइ पर्ने धर्मनाथ चौधरी रहेकोले प्रदेश सभा सदस्य र वडा अध्यक्षले पदको चरम दुरुपयोग गरिरहेको देखिएको छ।

ठेकेदार संसद साहको शाह निर्माण सेवाले धेरै स्थानमा काम गरेपनि सबै काममा आखामा छारो हाल्ने बाहेकका कुनै काम गुणस्तरयुक्त गर्न सकेका छैनन्।साह कम्पनीका प्रोप्राइटर समेत रहेका प्रदेश संसद साह लाई अख्तियारले नियन्त्रणना लिनुपर्ने आवाज बाक्लो बन्दै गएको छ। समाचार सुत्रका अनुसार हाल शाह निर्माण सेवाले रौतहटको विभिन्न स्थानमा लिएको ठेक्का पट्टाहरु अलपत्र पारेको अवस्था रहेको जो कोहीले सजिलोसँग बुझ्न सक्छ तर लिच्चड स्वभावका धनी साह जुनसुकै बेला राज्यको नियन्त्रणमा पर्न सक्ने भएपनि अहिलेसम्म जोगिएका छ्न्। चन्दन साह ,रोशन साह दुई छोरा सहितको साह निर्माण सेवाले ठेक्का लिएका काम जस्तोसुकै गरेपनी भुक्तानी हुने भएपछि जे हुन्छ रौतहट कै ठेकेदार संसद साह लाई छुट हुदोरहेछ भन्ने प्रतिक्रिया सहित नागरिक आक्रोशित बन्दै गएका छ्न्।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >