“६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित १ जना पुरूष व्यक्ति प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1744531006090

बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्।प्रहरीले हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको lइलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर सिमरा-२१ छठिमाई घाटस्थित हेटौंडाबाट-वीरगन्जतर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको दुई वटा मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।चेकजाँचका क्रममा अन्य तीन जना व्यक्ति मोटरसाइकल छोडेर फरार भएको एसपी तामाङले बताए।थिङलाई नियन्त्रणमा लिँदा दुबै मोटरसाइकलबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेका थिङ माथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।फरार भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >