बलरामा U-१९ टि- ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250416-WA0032

सर्लाहीको बलरा नगरपालिकामा तेस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ। क्रीकेट प्रतियोगीतामा पालिका भित्रका १९ बर्ष मुनिका खेलाडीहरुलाई सहभागी गराईएको हो। पालिकाका खेलाडीहरुला राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले U -१९ टि ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले बताएका हुन। १९ बर्षभन्दा माथिका खेलाडीहरु विभिन्न पेशाहरुमा रहेको हुँदा शारीरिक र मनोरञ्जनका लागि मात्र खेलेको र पालिकाको लगानी खेर जाने भएकोले U-१९ का खेलाडीहरुलाई  प्रोत्साहन गर्ने , खेलप्रतिको प्रतिभालाई उजागर र खेललाई व्यवसायीक बनाई  यहाँका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुर्‍याउने उद्देश्यले U-१९  टि-ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए । क्रीकेट प्रतियोगितामा ११ वटा वडा र एउटा नगरपालिका टिम गरि जम्मा १२ वटा टिम सहभागी छन। क्रीकेट प्रतियोगिता उदघाटन कार्यक्रममा संविधान सभा सदस्य शिवपुजन राय , रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय बुद्धिजिवि सहित सम्पुर्ण पालिका भित्रका सम्पुर्ण टिमका खेलाडीहरुको सहभागीता रहेको थियो।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >