सिरहामा अवैध हतियारसहित दुई भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250422_164545

सिरहाको बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गीचोक नजिकैबाट अवैध हतियारसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी चौकी कचनारीबाट खटिएको चेकिङ टोलीले भारततर्फ जाँदै गरेको नम्बर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकल (चेसिस नं. MBLHA1 1 AEE9B23324) रोकेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित ग्रामपंचायत पिपराही–कमलपुर निवासी धर्मेन्द्र सिंहका १९ वर्षीय छोरा राजिव सिंह र सोही स्थानका फुलेश्वर सिंहका १९ वर्षीय छोरा प्रिन्स सिंह रहेका छन्। प्रिन्स सिंहको कम्मरमा लुकाइएको एक थान कटुवा पेस्तोल र ट्र्याक सुटको गोजीमा लुकाइएको एक राउन्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।पक्राउ परेका दुबै जनालाई मोटरसाइकल, पेस्तोल र गोलीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा ल्याइएको र सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >