जम्मु–कश्मिर पहलगाममा २६ पर्यटकको हत्या गर्ने आतंककारीको तस्वीर जारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20250423_170225

१० वैशाख, । जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम स्वर्गकै एउटा टुक्राजस्तो लाग्छ । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको मंगलबार गोली हानी हत्या भयो । करिब त्यति नै घाइते भए । नेपालबाट जम्मु–कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए ।आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो । लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे ।यसक्रममा सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न संदिग्ध आतंककारीहरूको तस्बिर र स्केचहरू जारी गरेका छन् । घटनामा ज्यान बचाएकाहरूले बताएको हुलियाका आधारमा सुरक्षा एजेन्सीहरूले स्केच र तस्वीर जारी गरेका हुन् ।आक्रमणकारीमध्ये तीनजनाको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हाको रूपमा गरिएको छ । यी तीनैजना द रेजिस्टेन्स फ्रन्टका सदस्य भएको निष्कर्षमा सुरक्षा एजेन्सीहरू पुगेका छन् । यो नरसंहारको मास्टरमाइन्डको रूपमा खालिद नामले चिनिने सैफुल्लाह कसुरी भएको भारतीय गुप्तचर स्रोतहरूले जनाएका छन् ।ज्यान बचाएकाहरूले दिएको जानकारीअनुसार आक्रमणमा करिब ६ जना संलग्न थिए । उपत्यका वरिपरिको घना पाइन जंगलबाट निस्किएका उनीहरूले कुर्ता–पाइजामा लगाएका थिए । जंगलबाट घाँसे मैदानमा आएपछि उनीहरूले घातक हतियार मानिने एके ४७ बाट गोली चलाएका थिए ।भारतीय गुप्तचर स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम इन्डिया टुडे लेख्छ, ‘आक्रमणमा संलग्नहरूमध्ये केही पाकिस्तानी आतंककारीहरू पनि थिए, जो केही दिनअघि मात्रै उपत्यकामा घुसपैठ गरेका थिए ।’नरसंहारपछि जंगलको बाटो हुँदै आतंकीहरू फरार भएका थिए । घटनाको जानकारी पाएपछि आतंकवादी विरोधी अभियान अन्तर्गत विशेष खोजतलास सुरु गरिएको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।पहलगाममा २६ पर्यटकको हत्या गर्ने आतंककारीको स्केच जारीभागेर ज्यान बचाएकाहरू तथा प्रारम्भिक फोरेन्सिक विश्लेषणका आधारमा भारतीय सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्नहरूको स्केच र तस्वीर जारी गरेका हुन् ।010Sharesfacebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonअनलाइनखबर अनलाइनखबर २०८२ वैशाख १० गते १५:५६Photo Credit : indiatodayसुरक्षा एजेन्सीहरूले जारी गरेको असिफ फुजी, सुलेमान शाह र अबु तल्हाको स्केच ।१० वैशाख, काठमाडौं । जम्मु–कश्मिर प्राकृतिक सुन्दरताको निम्ति विश्वभर चर्चित छ । घाँसे मैदान र नीला तालहरूले सजिएको पहलगाम स्वर्गकै एउटा टुक्राजस्तो लाग्छ । त्यही सुन्दरतामा रमाउन पुगेका २४ पर्यटकसहित २६ जनाको मंगलबार गोली हानी हत्या भयो । करिब त्यति नै घाइते भए । नेपालबाट जम्मु–कश्मिरको सुन्दरता नियाल्न आमा र बहिनीसहित गएका बुटवलका २७ वर्षीय सुदीप न्यौपानेले पनि ज्यान गुमाए ।आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो । लगत्तै भारतीय सुरक्षाकर्मीहरूले आक्रमणकारीहरूको खोजी सुरु गरे ।यसक्रममा सुरक्षा एजेन्सीहरूले आक्रमणमा संलग्न संदिग्ध आतंककारीहरूको तस्बिर र स्केचहरू जारी गरेका छन् । घटनामा ज्यान बचाएकाहरूले बताएको हुलियाका आधारमा सुरक्षा एजेन्सीहरूले स्केच र तस्वीर जारी गरेका हुन् ।आक्रमणकारीमध्ये तीनजनाको पहिचान आसिफ फुजी, सुलेमान शाह र अबु तल्हाको रूपमा गरिएको छ । यी तीनैजना द रेजिस्टेन्स फ्रन्टका सदस्य भएको निष्कर्षमा सुरक्षा एजेन्सीहरू पुगेका छन् । यो नरसंहारको मास्टरमाइन्डको रूपमा खालिद नामले चिनिने सैफुल्लाह कसुरी भएको भारतीय गुप्तचर स्रोतहरूले जनाएका छन् ।भारतीय सुरक्षा एजेन्सीले जारी गरेको पहलगाम आक्रमणमा संलग्न भनिएका आतंककारीहरूको तस्वीर । Photo Credit : इण्डिया टुडे ।ज्यान बचाएकाहरूले दिएको जानकारीअनुसार आक्रमणमा करिब ६ जना संलग्न थिए । उपत्यका वरिपरिको घना पाइन जंगलबाट निस्किएका उनीहरूले कुर्ता–पाइजामा लगाएका थिए । जंगलबाट घाँसे मैदानमा आएपछि उनीहरूले घातक हतियार मानिने एके ४७ बाट गोली चलाएका थिए ।भारतीय गुप्तचर स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम इन्डिया टुडे लेख्छ, ‘आक्रमणमा संलग्नहरूमध्ये केही पाकिस्तानी आतंककारीहरू पनि थिए, जो केही दिनअघि मात्रै उपत्यकामा घुसपैठ गरेका थिए ।’नरसंहारपछि जंगलको बाटो हुँदै आतंकीहरू फरार भएका थिए । घटनाको जानकारी पाएपछि आतंकवादी विरोधी अभियान अन्तर्गत विशेष खोजतलास सुरु गरिएको भारतीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।यो पनि पढ्नुहोसकश्मिरमा एक्ला छोरा मारिए, बालबाल बाँचिन् आमाज्यान बचाएकाहरू तथा प्रारम्भिक फोरेन्सिक विश्लेषणका आधारमा आतंककारीहरूले अत्याधुनिक सैन्य हातहतियार तथा आधुनिक सञ्चार उपकरणहरू प्रयोग गरेका थिए । उनीहरूले आक्रमणको समयको सम्पूर्ण भिडियोहरू लिन बडी क्याम तथा हेलमेट माउन्टेन क्यामेराहरू लगाएका थिए । यसलाई सुरक्षा एजेन्सीहरूले बाह्य समर्थनको संकेतका रूपमा अर्थ्याएका छन् ।आक्रमणअघि उनीहरूले केही स्थानीयको सहयोगमा पहलगामको रेकी गरेको, केही औषधिहरू संकलन गरेको पनि पाइएको छ ।प्रारम्भिक विश्लेषणबाट आक्रमणकारीरू विशेष तालिम प्राप्त, आतंकी हमलालाई सम्पन्न गर्न पूर्ण दक्षता प्राप्त भएको पाइएको एजेन्सीहरूको दावी छ ।पहिचान गरेको भनिएका दुईजना पाकिस्तानबाटै आएको आशंका छ । घटनामा बाँचेकाहरूका अनुसार दुईजनाले पश्तोमा (पाकिस्तानी मूल) भाषा बोलेका थिए ।यस्तै, गुप्तचर स्रोतहरूका अनुसार, मुजफ्फराबाद र कराँचीका सुरक्षित घरहरूमा आक्रमणकारीहरूको डिजिटल संकेतहरू फेला परेका छन्, जसलाई सीमापार आतंकवादीसँगको सम्बन्ध जोड्ने बलियो प्रमाण भनिएको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >