बिश्रामपुरमा वडाकार्यालय भवनको शिलान्यास, पूर्वमन्त्री सोनलको पहलमा बजेट विनियोजन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1745822134020

बारा । बाराको बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरमा पूर्वमन्त्री तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य माननीय जितेन्द्र सोनलले सोमबार वडाकार्यालय भवनको शिलान्यास गर्नुभएको छ।शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटो (जुबेर भाइ), वडा नम्बर ४ का वडा सदस्य मदन यादव, कार्यवाहक वडा अध्यक्ष लालझरी देवी, साथै राजु सिंह, उमेश चौहान, मनोज सिंह, पन्नालाल चौहान, हरिचन्द्र साह, सुर्यभान चौहान, श्याम नारायण साह, अमित दास, उपेन्द्र साह, जयनारायण महतो, भोला साह लगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो।उक्त वडाकार्यालय भवन पूर्वमन्त्री सोनलको सक्रिय पहलमा मधेस प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण हुने भएको हो। कार्यक्रमका सहभागीहरूले नवनिर्मित भवनले वडा प्रशासनलाई थप व्यवस्थित बनाउने र स्थानीय जनताको सेवा सुविधामा सहजता ल्याउने अपेक्षा व्यक्त गरे।शिलान्यासपश्चात आयोजित विशेष समारोहमा बोल्दै पूर्वमन्त्री सोनलले विकास र सुशासनका लागि आधारभूत पूर्वाधार निर्माण अपरिहार्य भएको बताउनुभयो। उहाँले बिश्रामपुर वडाको समग्र विकासमा आफू सदैव प्रतिबद्ध रहेको र भविष्यमा पनि थप विकास योजनाहरू अघि बढाइने विश्वास दिलाउनुभयो।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >