बिश्रामपुरमा वडाकार्यालय भवनको शिलान्यास, पूर्वमन्त्री सोनलको पहलमा बजेट विनियोजन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1745822134020

बारा । बाराको बिश्रामपुर गाउँपालिका–४, बलिरामपुरमा पूर्वमन्त्री तथा मधेस प्रदेशका प्रदेशसभा सदस्य माननीय जितेन्द्र सोनलले सोमबार वडाकार्यालय भवनको शिलान्यास गर्नुभएको छ।शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटो (जुबेर भाइ), वडा नम्बर ४ का वडा सदस्य मदन यादव, कार्यवाहक वडा अध्यक्ष लालझरी देवी, साथै राजु सिंह, उमेश चौहान, मनोज सिंह, पन्नालाल चौहान, हरिचन्द्र साह, सुर्यभान चौहान, श्याम नारायण साह, अमित दास, उपेन्द्र साह, जयनारायण महतो, भोला साह लगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो।उक्त वडाकार्यालय भवन पूर्वमन्त्री सोनलको सक्रिय पहलमा मधेस प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण हुने भएको हो। कार्यक्रमका सहभागीहरूले नवनिर्मित भवनले वडा प्रशासनलाई थप व्यवस्थित बनाउने र स्थानीय जनताको सेवा सुविधामा सहजता ल्याउने अपेक्षा व्यक्त गरे।शिलान्यासपश्चात आयोजित विशेष समारोहमा बोल्दै पूर्वमन्त्री सोनलले विकास र सुशासनका लागि आधारभूत पूर्वाधार निर्माण अपरिहार्य भएको बताउनुभयो। उहाँले बिश्रामपुर वडाको समग्र विकासमा आफू सदैव प्रतिबद्ध रहेको र भविष्यमा पनि थप विकास योजनाहरू अघि बढाइने विश्वास दिलाउनुभयो।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >