मकवानपुरमा बसको ठक्करबाट एकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
durghatana

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते अन्सारीको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मृतक अन्सारी ना५ख ८६६८ नं को ट्रकको धनी रहेको खुलेको छ । सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पु¥याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको उपरीक्षक अन्सारीको भनाइ छ ।ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >