भन्सार छलीका सामान बरामद, कपडा र साडी नियन्त्रण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250502-WA0011

बारा, वैशाख १९ –नेपाल–भारत सीमामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको प्रहरीले शनिबार बारा जिल्लाको परवानीपुरमा भन्सार छली प्रयास विफल बनाएको छ। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका कपडा र साडीसहितका सामाग्री प्रहरीले बरामद गरेको छ।प्रहरीका अनुसार टाउकोमा भारी बोक्दै साइकलमा सीमातर्फ गइरहेका व्यक्तिले प्रहरी टोली देख्नेबित्तिकै सामान र साइकल छाडेर फरार भएका थिए। इकाई प्रहरी कार्यालय (ईप्रका) प्रसौनीबाट खटिएको टोलीले बारा परवानीपुर गाउँपालिका–५ स्थित गण्डक चौकबाट करिब ३०० मिटर पश्चिमतर्फ ती सामानहरू नियन्त्रणमा लिएको हो।बरामद सामाग्रीमा समावेश छन्:* तानाको कपडा – २० थान* लेडिज भेष्ट (ब्लाउज) – ८७ पिस* साडी – २० पिसजम्मा अनुमानित मूल्य: रु. ४२,०००।–घटनास्थलमा मानिस फरार भएकोले प्रहरीले उनको पहिचान र खोजी कार्य सुरु गरिसकेको छ। सबै बरामद सामग्री हाल ई.प्र.का. प्रसौनीमा राखिएको छ।प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले भन्सार छली नियन्त्रणमा सक्रियता देखाउँदै आइरहेको छ। प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा तस्करी र भन्सार छलीका घटना बढिरहेको हुँदा निगरानी थप कडा पारिएको छ।यसरी सीमामा कडाइ बढाउँदै लगेको सुरक्षा संयन्त्रले भन्सार छली र तस्करीमा संलग्न गिरोहहरूलाई ठूलो झट्का दिएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >