बारा प्रहरीले २२५ किलो गाँजासहित ट्याक्टर र चार तस्कर पक्राउ गर्‍यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20250503_172405

बारा । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाबाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै एक ट्याक्टर र चार जना लागुऔषध तस्करलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, पक्राउ पर्नेहरूमा ट्याक्टर चालक नन्दकिशोर मुखिया बिन (३०), बारा आदर्शकोतवाल–३ बाँतरा, कमाण प्रजा (२१), हेटौंडा उपमहानगरपालिका–४, सिताराम प्रजा (२४), कैलाश गाउँपालिका–४ देवतिस, र नवराज मगर (२२), बकैया गाउँपालिका–५ छतिवन, मकवानपुर रहेका छन्।प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा आदर्शकोतवाल–३ बाँतराको खेतछेउमा पार्किङ गरिएको प्र.२–०३–००१त ४८७६ नं को ट्याक्टरको ढालामुनि फल्स बटम बनाई लुकाएर राखिएको गाँजा फेला परेको हो। शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा १५ वटा काटुनमा २२५ किलोग्राम गाँजा बरामद गरेको थियो।प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गाँजा तस्करीमा चालकसहित अन्य तीन जनाको संलग्नता देखिएको थियो। त्यसपछि कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारेर ती तीन जनालाई पक्राउ गरिएको हो।बरामद सामग्री र पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस सफलता सम्बन्धी प्रतिक्रिया दिँदै बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालित लागुऔषध कारोबार नियन्त्रण अभियान अत्यन्त प्रभावकारी रूपमा अघि बढेको र यसले आपराधिक गतिविधिमा संलग्नहरूलाई निरुत्साहित गर्न मद्दत पुगेको सुरक्षा स्रोतहरूले बताएका छन्।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >