भारतद्वारा पाकिस्तानमा आक्रमण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205

पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोधस्वरुप भारतले पाकिस्तानमा आक्रमण गरेको छ। आतंकवादी समूहलाई संरक्षण गरेको भन्दै मंगलबार रातिदेखि हवाई आक्रमण गरेको हो। यसलाई भारतले ‘अप्रेसन सिन्दुर’को नाम दिएको छ ।

आक्रमणमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानका सुरक्षा अधिकारीले ८ जनाको मृत्यु भएको र ३० जना घाइते भएको विवरण सार्वजनिक गरेको छ। पाकिस्तान शासिन जम्मु कस्मिरको विभिन्न स्थानमा भारतले आक्रमण गरेको हो। ती क्षेत्रमा आतंकवादी समूह बस्दै आएको भारतको दाबी छ। गत अप्रिल १२ मा जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमण भएको थियो। पाकिस्तानको संरक्षणमा सो आक्रमण भएको भारतले जनाएको छ। आक्रमणकारीहरु सजिलै पाकिस्तान भागेका थिए। पाकिस्तानी अधिकारीले भारतका पाँच वटा जेट खसालेको दाबी गरेका छन्। साथै, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले आप्तकालिन सुरक्षा बैठक बोलाएका छन्। पाकिस्तानले पनि भारतमाथि आक्रमण गर्न सक्ने आकलन गरिएको छ। दुवै देशका सीमा क्षेत्रका स्कुल समेत बन्द गरिएको छन् । सो घटनापछि पाकिस्तानले पनि कश्मिरमा आक्रमण गर्दा तीन भारतीयको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >