चाइना फाउन्डेसनको सहयोगमा बारा र पर्साका विद्यालयमा शैक्षिक सामाग्री, हाइजेन कीट तथा स्टेशनरी र खेलकुद सामग्रीहरु वितरण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250511-WA0002

वीरगंज २८ बैशाख चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोग र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरको आयोजनामा बारा र पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री, हाइजेन किट, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।यस कार्यक्रम अन्तर्गत बाराका ४ र पर्साका १ गरी कुल ६ विद्यालयका ९०४ बालबालिकाहरुको लागि शैक्षिक सामग्री,हाइजेन कीट तथा स्टेशनरी सामग्री बितरण गरिएको छ। साथै बाराका ६ र पर्साका १ गरी कुल ७ विद्यालयमा ३५ सेट खेलकुद सामग्री वितरण गरिएको हो । नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बलरामपुर (विश्रामपुर गा.पा–३) मा १८१ बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र ५ सेट खेलकुदका सामाग्रीहरु, नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, मुसहर्वा (विश्रामपुर गा.पा–४) मा १३८ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री र ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, बेलहिया (प्रसौनी गा.पा–६) २२९ जना बालबालिकाहरुको लागि शैशिक सामग्रीहरु र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,श्री सरस्वती माध्यमिक बिद्यालय (प्रसौनी) २१५ जना बालबालिकाहरुको लागि शैक्षिक सामग्री र ५ सेट खेलकुदका सामाग्रीहरु,श्री सुन्दर मल रामकुमारी कन्या सेकेन्डरी स्कुल, वीरगंज १४१ जना छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयमा ५ सेट खेलकुद सामग्रीहरु,नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, खजानी (सिम्रौनगढ न.पा–७) बिद्यालयलाइ ६ सेट खेलकुद सामग्रीहरु र नेपाल राष्ट्रिय सेकेन्डरी स्कुल, फेटा गा.पा–१ बिद्यालयको लागि ३ सेट खेलकुदका सामाग्रीहरु बितरण गरिएको थियो।आज बलरामपुरस्थित नेपाल राष्ट्रिय सेकेन्डरी स्कुलमा सम्पन्न कार्यक्रम का.बा.वडा अध्यक्ष लाल झरी देवीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, वडा सचिब,प्रधानाध्यापक आनन्द कुमार गुप्ता, शिक्षक राजु कुमार कर्ण, वडा सदस्य हरिचन्द्र साह, मक्सुद अन्सारी, शिक्षिका श्वेता सिंह, माया कुमारी उप्रेती लगायत शिक्षक शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो त्यस्तै बिश्रामपुर ३ को बिद्यालयमा वडा अध्यक्ष श्री शिव चन्द्र प्रसाद यादब, बिब्यस अध्यक्ष शम्भु चौरासिया साथै समाजसेवी छोटेलाल प्रसाद पाल समेतको उपस्थितीमा सम्पन्न भयो। कार्यक्रमको ब्यबस्थापन युबा समाजसेवी लोकेश सिह र डा. धनन्जय यादबले गर्नुभएको थियो। साथै चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली र ग्लोबल कोओपरेशन फर डेभलपमेन्ट, ललितपुरका प्रतिनिधि उत्तम कार्की समेतको उपस्थिती रहेको थियो ।चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कबित नेपाली जनकारी दिनुभयो।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >