सशस्त्र प्रहरीले लाखौं मुल्य बराबरको भन्सार छलिका सामग्री बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20250511-WA0008-scaled

बारा, २८ वैशाख — सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा करिब १ लाख १४ हजार रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको छ।डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले बाराको कलैयाबाट काठमाडौँतर्फ जाँदै गरेको टाटा सुमो गाडीलाई जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित बढरवा चोकमा रोकेर चेकजाँच गर्दा खजुर, स्निकर चकलेट, चकलेट कलर र ह्यापीडेन्टलगायतका सामग्री बरामद गरेको हो।सशस्त्र प्रहरी बाराले उक्त अबैध सामग्रीलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।सशस्त्र प्रहरीका अनुसार यस्ता कारबाहीहरू नियमित रूपमा तीव्र पारिएको र सीमा क्षेत्रमा भन्सार छलाउने प्रयास रोक्न सतर्कता अपनाइएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >