बारा प्रहरीले कारबाट २१,६०० वटा ट्रामाडोल र ७६ बोतल ओनेरेक्ससहित दुई भारतीय नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250530_131332635

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयअगाडि चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको निगरानीमा ठूलो परिमाणको लागूपदार्थ बरामद गरिएको छ। मिति २०८२ जेष्ठ १५ गते बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको BR 01 BU 3485 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा कारको विभिन्न भागमा लुकाएर राखिएको प्रतिबन्धित लागूपदार्थ बरामद गरेको हो।प्रहरीले सो कारको पछाडिको सिटमुनि, दायाँबायाँ ढोकामा फल्स बटम बनाई राखिएको Tramadol Hydrochloride क्याप्सुल २१६० पत्ता (कुल २१,६०० ट्याबलेट) र कारको बायाँ साइडको अगाडिको ढोका तथा पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको १०० मि.लि.को ONEREX लेखिएको ७६ बोतल बरामद गरेको छ।लागूपदार्थसहित पक्राउ परेकामध्ये एक जना भारतको भैसाली जिल्ला, ग्राम हुसेनाराके वडा नं.१२ का २७ वर्षीय कार चालक धिरज कुमार सिंह रहेका छन् भने अर्का भारतकै मोतिहारी जिल्ला, ग्राम कटगेनवा वडा नं.२ निवासी १८ वर्षीय चन्दन कुमार पटेल रहेको प्रहरीले जनाएको छ। दुबै जनालाई लागूपदार्थसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी प्रहरीद्वारा दिइएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >