लागुऔषध गाँजा सहित दुई महिला पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
ganja2025-05-30-10-22-55

उदयपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित दुई महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका १ रानीटारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक हरिहर नाथ योगीले बताए ।

चौदण्डीगढी १ रानीटार निवासी अन्दाजी बर्ष ४१ कि रत्न माया श्रेष्ठको घरबाट ३५ बोरा प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो । ३५ वटा बोरामा लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध गाँजा ११ सय ४३ केजी २७५ ग्राम रहेको प्रहरीको भनाइ छ ।घरमा लुकाईछिपाई राखेको उक्त गाँजासहित घरधनी रत्नमाया श्रेष्ठ र सोही स्थान बस्ने अन्दाजी वर्ष ४२ की कमला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय उदयपुरमा लागुऔषध कारोवारी र प्रयोग कर्ताहरुमा वृद्धि हुँदै गएको छ। उदयपुर जिल्लालाई लागु औषध ओसारपसारको ट्रान्जिट पोइन्टको रुपमा हेरिने गरिएको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >