सशस्त्र प्रहरी बल पर्साद्वारा १३,८०,९६० रुपैयाँ बराबरको सामान भन्सार दाखिला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250530_205542

पर्सा । सशस्त्र प्रहरी बल नेपाल विभिन्न बी.ओ.पी. बाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याउँदै गरेको १३,८०,९६० रुपैयाँ बराबरको विभिन्न सामान नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।मिति २०८२ साल जेठ १६ गते बीरगंज महानगरपालिका–२५ स्थित चण्डालचोकबाट प्रदेश २–०३–००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरि ल्याइएको करिब २,७०,००० रुपैयाँ बराबरको मोटर पार्ट्स र २,००,००० रुपैयाँ बराबरको ई–रिक्सा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरी, विशेष सूचनाका आधारमा बीरगंज म.न.पा.–१६ स्थित नगवा गाउँको डम्पिङ साइटमा सशस्त्र प्रहरी प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका मोबाइल पार्ट्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज लगायत ८,३६,९५० रुपैयाँ बराबरका सामान चारवटा साइकलमा लोड गरि ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।यसै क्रममा भगुवा तथा नगवा क्षेत्रबाट ७३,८०० रुपैयाँ बराबरका कपडा र किराना सामग्री समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >